आइभोरी कोस्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा

8 Feb, 2024

आइभोरी कोस्ट अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको छ। बुधबार राति सेमिफाइनल खेलमा कंगोलाई १–०ले हराउँदै आइभोरी कोस्ट फाइनलमा पुगेको हो।

आइभोरी कोस्टका लागि सेबास्टेइन हलरले ६५ औं मिनेटमा गरेको गोल खेलमा निर्णायक बन्यो।

आइभोरी कोस्टले अब उपाधिका लागि नाइजेरियासँग खेल्नेछ। नाइजेरिया दक्षिण अफ्रिकालाई पराजित गरेर फाइनल पुगेको थियो।

दक्षिण अफ्रिका र कंगोले तेस्रो स्थानका लागि खेल्नेछन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]