रोहित १ रनमा आउट, नेपालले पावर प्लेमै गुमायो ४ विकेट

15 Feb, 2024

आईसिसी विश्वकप लिग–२ अन्गर्ततको पहिलो त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अहिले नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको नेपाल लगातार विकेट गुमाउँदै दबाबमा परेको छ।

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पावर प्लेमै ४ विकेट गुमाएको छ। ताजा अवस्थामा १० ओभरको समाप्तिमा नेपाल २५–४को अवस्थामा छ।

नेपालले चौथो विकेटका रुपमा कप्तान रोहितकुमार पौडेललाई १०औं ओभरको तेस्रो बलमा गुमायो। उनी ज्याक ब्रासेलको बलमा बोल्ड भए। उनले १३ बलमा १ रन बनाए।

नेपालले पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको थियो भने तेस्रो ओभरको पहिलो बलमा अनिल साहलाई व्यक्तिगत ८ रनमा गुमाएको थियो। दुवै रुबिन तिरुपेल्मनको शिकार बने। यस्तै नेपालले चौथो ओभरको अन्तिम बलमा आरिफ सेखलाई पनि व्यक्तिगत ४ रनमा गुमाएको थियो। उनी ज्याक ब्रासेलको बलमा आउट भए।

अहिले क्रिजमा कप्तान भीम सार्की र कुशल मल्ल छन्। भीमले २६ बलमा ५ र कुशलले ३ बलमा ४ रन बनाएका छन्।