आईसिसी विश्वकप लिग–२ अन्गर्ततको पहिलो त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध आठौं विकेट गुमाएको छ।
कीर्तिपुरस्थित टियू मैदानमा पहिला ब्याटिङ गरेको नेपालले आठौं विकेटका रुपमा गुल्सन झालाई २१ रनमा गुमायो। उनी ३२औं ओभरको पहिलो खेलमा कप्तान गेर्हार्ड इरास्मसको बलमा बोल्ड भए।
पावर प्लेमै ४ विकेट गुमाएपछि नेपाल दबाबमा परेको थियो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए। भीमले ८६ बलमा २ चौका १ छक्का प्रहार गरे। उनी २८औं ओभरको चौथो बलमा एलबिडब्लु आउट भए।
भीमले पाँचौं विकेटका लागि कुशल मल्लसँग ४४ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए। कुशलले १५ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा सकोर बनाउने सकेनन्।
नेपालले पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको थियो। त्यसपछि आरिफ सेख ४, अनिल साह ८, कप्तान रोहितकुमार पौडेल ८ र सोमपाल कामी २ रन मात्र बनाएर पभेलियन फर्किए।
नेपाललाई दबाबमा राख्ने क्रममा नामिबियाका इरास्मसले ४ तथा रुबेन त्रुम्पेलमन र ज्याक ब्रेसवेलले समान २ विकेट लिए।
ताजा अवस्थामा नेपाल ३३ ओभरको समाप्तिमा १०९–८को अवस्थामा छ। क्रिकजमा करण केसी र पवन सर्राफ छन्।