एम्बाप्पेको नान्टेसमाथि पिएसजीको जित

18 Feb, 2024

फ्रेन्च लिग वानमा पिएसजी विजयी भएको छ। शनिबार राति भएको खेलमा पीएसजीले नान्टेसमाथि २–० को जित निकाल्यो।

पीएसजीको जितमा हर्नान्डेज र एम्बाप्पेले एक गोल गोल गरेका थिए। दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

हर्नान्डेजले ६०औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। ७८औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गरेपछि पिएसजी २–० को सहज जित निकाल्न सफल भयो।

जितपछि शीर्ष स्थानको पीएसजीले ५३ अंक बनाएको छ। पराजित भएको नान्टेस २२ अंकका साथ १३ औं स्थानमा छ । पिएसजीले दोस्रो स्थानमा रहको नाइसलाई १४ अंकले पछि पारेको छ ।

अर्को खेलमा लिलेले लीहाभ्रेलाई ३–० गोल अन्तरले पराजित गर्न सफल भयो। लिलेको जितमा जोनाथन डेभिडले ह्याट्रिक गरेका थिए। उनले १४, ४४ औं र ४९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।

जितसँगै लिले ३८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ भने लि हाभ्रे २४ अंकका साथ १२ औं स्थानमा छ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]