क्यानडा ११ ले दियो नेपाल एलाई २४१ रनको लक्ष्य

20 Feb, 2024

तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडा ११ ले नेपाल एलाई २४१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा ११ १ बल बाँकी छँदा २४० रनमा अलआउट हुँदै नेपाललाई २४१ रनको लक्ष्य दिएको हो।

क्यानडा ११ का लागि श्रेयास मोभाले सर्वाधिक ६८ रन बनाउँदा नवनित धालिवाल ४६ र आरोन जोनसनले ३६ रनको योगदान दिए।,

बलिङमा नेपालका साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए।

नेपाल ए सन्दीप जोराका कप्तानीमा मैदानमा उत्रिएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]