जितपछि कप्तान सन्दीप जोराले भने– नयाँ टिमको क्यानडामाथिको जित ऐतिहासिक

20 Feb, 2024

क्यानडा–११ सँगको तीन खेलको एकदिवसीय क्रिकेटको दोस्रो खेलमा मंगलबार नेपाल ए विजयी भयो। मुलापनी क्रिकेट मैदानमा भएको खेलमा नेपाल एले क्यानडा ११लाई २ विकेटले हरायो।

जित निकालेपछि नेपाली टिमका कप्तान सन्दीप जोराले नयाँ टिमका लागि यो नतिजा उत्साहजनक रहेको बताए। उनले टिमका सदस्यहरुले योजनाअनुसार प्रदर्शन गरेका कारण जित सम्भव भएको बताए।

‘टोलीमा हामी सबै नयाँ छौं, आजको जित हाम्रो लागि ऐतिहासिक हो। एकदम खुसी लागेको छ,’ उनले भने, ‘क्यानडाले दिएको लक्ष्य पछ्याउनेबारे हामीले प्लान गरेका थियौं, सोहीअनुसार खेल्यौं र जित निस्कियो ।’

नेपाललाई जित दिलाउन सन्दीपले ६६ रनको कप्तानी इनिङ खलेका थिए। अब नेपालले बिहीबार अन्तिम खेल खेल्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]