च्याम्पियन्स लिगमा एटलेटिकोमाथि इन्टर मिलानको जित

21 Feb, 2024

युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा इन्टर मिलान विजयी भएको छ।

मंगलबार एटलेटिको म्याड्रिडलाई १–० ले पराजित गरेको छ र यससँगै झिनो अन्तरको अग्रता लिएको छ।

सानसिरोमा भएको खेलमा खेलको एक मात्र गोल सब्स्टिच्युट मार्को आरनाटोभिचले ७९ औं मिनेटमा गरे। अब इन्टरले म्याड्रिडको भ्रमणमा यो एक गोलको अग्रता रक्षा गर्ने प्रयास गर्नेछ ।

अर्को खेलमा पीएसभी आयनहोभन र बोरुसिया डर्टमुन्डले १–१ को बराबरी खेले। डर्टमुन्डले डोनयेल मालेनको गोलले अग्रता लिएइता लुक डे जोङले आयनहोभनका लागि बराबरी गोल फर्काएका हुन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]