आईसिसी विश्वकप लिग–२को पहिलो त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले सातौं र आठौं विकेट लातगार ओभरमा गुमाएको छ।
कीर्तिपुरस्थि टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३४औं ओभरमा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीलाई गुमाएको हो। दोस्रो बलमा सातौं विकेटका रुपमा दीपेन्द ३ रनमा स्टम्पिङ भए भने पाँचौं बलमा सोमपाल ४ रनमा क्याचआउट भए।
मिडलअर्डरमा लगातार विकेट गुमाएपछि १००–३को अवस्थामा रहेको नेपाल १५६–८को दबाबपूर्ण अवस्थामा आएको छ।
पावर प्लेअमा लागातार २ ओभरमा ३ विकेट गुमाएपछि दबाब परेको नेपाललाई आसिफ सेख र कुशल मल्लले अर्धशतकीय साझेदारी गर्र्दै सम्हालेका थिए। आसिफले ६४ बलमा ८ चौका १ छक्का प्रहार गर्दै ५८ रन बनाए। जारी सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो।
आसिफले कुशल मल्लासँग चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै पावर प्लेमै ३ विकेट मागुएपछि दबाबमा आएको नेपाललाई दबाबबाट निकालेका थिए।
यस्तै, कशुलले ५२ बलमा १ चौका र २ छक्का मद्दतमा ३६ रन बनाउँदा कुशल भुर्तेलले २८ रन बनाए। नेपालका तीन ब्याट्सम्यान अनिल साह, देव खनाल र कप्तान रोहित पौडेल डकआउट भए।
नामिबियाका लागि बर्नार्ड स्कोल्ट्ज र जान निकोल लोफ्टिइ इटोनले समान ३ तथा जेरार्ड इरास्मस र ज्याक ब्रेसवेल समान १ विकेट लिए।
अहिले क्रिजमा भीम सार्की ३४ बलमा २६ रन बनाएर खेलिरहेका छन् भने उनलाई करण केसीले साथ दिइरहेका छन्। ताजा अवस्थामा नेपाल ३४ ओभरको समाप्तिमा १५६–८को अवस्थामा छ।