नामिबियाका स्पिनर चम्किए, नेपाल १६८ रनमै अलआउट

21 Feb, 2024

आईसिसी विश्वकप लिग–२को पहिलो त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ। कीर्तिपुरस्थि टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल नामिबियाका स्पिनरले उत्कृष्ट बलिङ गरेपछि ३७.१ ओभरमा १६८ रनमै अलआउट भयो।

जारी प्रतियाेगितामा पहिला ब्याटिङ गर्ने टिमले बनाएकाे याे उच्च याेगफल हाे। यसअघिका दुवै खेलमा पहिला ब्याटिङ गर्ने टिमले १४० रन पनि कटाउन सकेका थिएनन्।

नेपालका लागि आसिफ सेखले अर्धशतक बनाए। उनले ६४ बलमा ८ चौका १ छक्का प्रहार गर्दै ५८ रन बनाए। जारी सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो।

१००–३को बलियो अवस्थामा रहेको नेपाल त्यसपछि लगातार विकेट गुमाउँदा लो स्कोरमै अलआउट भयो। नेपालले पछिल्ला ७ विकेट ६८ रन जोड्दा गुमाएको थियो। आसिफ र कुशलले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए।

तर, त्यसपछि लागतार २ ओभरमा २ विकेट गुएपछि नेपाल दबाबमा परेको थियो। तीन विकेट गुमाएपछि आसिफ र कुशलले चौथो विकेटका लागि ५७ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए। तर, त्यससपछि कुनै पनि साझेदारी बन्न सकेन।

कशुलले ५२ बलमा १ चौका र २ छक्का मद्दतमा ३६ रन बनाउँदा कुशल भुर्तेलले २८ रन बनाए। यस्तै, भीम सार्कीले ३६ बलमा ३ चौका मद्दतमा २६ रन बनाए। नेपालका तीन ब्याट्सम्यान अनिल साह, देव खनाल र कप्तान रोहित पौडेल डकआउट भए।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका स्पिनरले ९ विकेट लिए। उसका बर्नार्ड स्कोल्ट्ज र निकोल लोफ्टिइ इटोनले समान ४ विकेट लिए। यस्तै, अर्का स्पिनर जेरार्ड इरास्मसले १ विकेट लिँदा फास्ट बलरका रुपमा ज्याक ब्रेसवेलले १ विकेट लिए।