सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

नेपाललाई पाँचौं सफलता, नामिबियाका कप्तान इरास्मस आउट भएसँगै नेपाल खेलमा फर्कियो

आईसिसी विश्वकप–२को पहिलो त्रिकोणात्मक सिरिजका तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले पाँचौं सफलता हात पारेको छ।

पाचौं विकेटका रुपमा कुशल भुर्तेलल नामिबियाका कप्तान जेरार्ड इरास्मसलाई आउट गरे। उनले ५६ बलमा ८ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए। अर्धशत बनाएका इरास्मस आउट भएसँगै नेपाल खेलमा फर्किएको छ।

उसका लागि माइकल भान लिंगेनले ३४ बलमा ३१ रन बनाए। भान लिंगेन र इरास्मसले तोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए। अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेका छैनन्

नेपालका लागि कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कशुल भुर्तेलले समान १ विकेट लिएका छन्। नेपालका मुख्य स्पिनर ललित राजवंशी भने आज निकै महँगो सावित भएका छन्। उनले ३ ओभरमा ४० रन दिएका छन्।

ताजा अवस्थामा नामिबियाले २४ ओभरको समाप्तिमा १०५ रन बनाउँदा ५ विकेट गुमाएको छ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले आसिफ सेखको अर्धशतक मद्दतमा १६८ रन बनाएको थियो। आसिफले ६४ बलमा ५८ रन बनाए।

1.3Kशेयर