आईसिसी विश्वकप लिग–२को पहिलो त्रिकोणात्मक सिरिजका तेस्रो खेलमा ललित राजवंशीले नेपाललाई सातौं सफलता दिलाएका छन्।
सुरुआती तीन ओभरमा महँगो सावित भएका ललितले सातौं विकेटका रुपमा जान ग्रीनलाई आउट गरे। यो विकेटसँगै ताजा अवस्थामा नामिबियाले ३६ ओभरको समाप्तिमा १५०–७को अवस्थामा छ।
त्यसअघि नेपाललाई छैठौं सफलता कुशल भुर्तेलले दिलाए। उनले जान निकोल लोफ्टिइ इटोनलाई विकेटकिपरबाट क्याच आउट गराए। उनले १७ बलमा ५ रन मात्र बनाउन सके।
त्यसअघि कुशलले नै पाचौं विकेटका रुपमा नामिबियाका कप्तान जेरार्ड इरास्मसलाई आउट गरेका थिए। उनले ५६ बलमा ८ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए। यो विकेटपछि नै नेपाल खेलमा फर्किएको थिाये।
उसका लागि माइकल भान लिंगेनले ३४ बलमा ३१ रन बनाए। भान लिंगेन र इरास्मसले तोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए। अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेका छैनन्
नेपालका लागि कुशल भुर्तेलले २ तथा कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले समान १ लिएका छन्। नेपालका मुख्य स्पिनर ललित राजवंशी भने आज निकै महँगो सावित भएका छन्। उनले ३ ओभरमा ४० रन दिएका छन्।
ताजा अवस्थामा नामिबियाले २४ ओभरको समाप्तिमा १०५ रन बनाउँदा ५ विकेट गुमाएको छ।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले आसिफ सेखको अर्धशतक मद्दतमा १६८ रन बनाएको थियो। आसिफले ६४ बलमा ५८ रन बनाए।