अन्तरस्कुल क्रिकेट : कोशी मोडेल र अरनिको स्कुल सेमिफाइनलमा

22 Feb, 2024

कोशी मोडेल स्कुल र अरनिको स्कुल विराटनगरमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन्।

वैजनाथ क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा कोशी मोडेल स्कुलले मनकामना स्कुललाई ९ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित १७ ओभरमा ९ विकेट गुमाई १ सय १ रन बनाएको थियो । उसका रविन मण्डलले सर्वाधिक २५ रन बनाए । मनकामनाका लक्ष्मण तामाङले ३ विकेट लिए।

१०२ रनको लक्ष्य पछ्याएको मनकामनाले १६ दशमलव २ बलमासवै विकेट गुमाई ९२ रन बनायो । जस्मा अंकित मल्लिकले सर्वाधिक १२ रनको योगदान दिए । कोशीका म्यान अफ द म्याच गोपाल मण्डल र रितिक यादवले समान ३ विकेट लिए।

दोस्रो खेलमा अरनिको स्कुलले नेपाल गुरुकुल स्कुललाई ६ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको नेपाल गुरुकुलले निर्धारित २० ओभरको खेलमा १९ ओभरमा सवै विकेट गुमाई ७६ रनको योगफल तयार पारेको थियो।

उसका सौरभ बजाजले सर्वाधिक २८ रनको योगदान दिए । अरनिको म्यान अफ द म्याच साजन यादवले ३ विकेट लिँदा साइसर कोइरालाले २ विकेट लिए।

७७ रनको विजयी लक्ष्य पाएको अरनिकोले १४ ओभरमा ४ विकेट सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा अविशेक यादवले २६ रन बनाउँदा लुसाङ गुरुङले २० रनको योगदान दिए। नेपाल गुरुकुलका मिथो यादव, प्रान्जल चन्द्र र योगेश पासवानले समान १ विकेट लिए।

प्रतियोगिता नेपाल क्रिकेट फाउन्डेशन र मोरङ जिल्ला क्रिकेट संघको संयुक्त आयोजना गरेका हुन्।