अपराजित यात्रामा लेभरकुजनको कीर्तिमान, लिगमा ११ अंकको अग्रता

24 Feb, 2024

बायर लेभरकुजनले जर्मन बुंडेसलिगामा शुक्रबार अपराजित यात्राको नयाँ कीर्तिमान बनाएको छ। उसले मेन्जलाई २–१ ले हराउने क्रममा लिगका ३३ खेलमा अपराजित रहेको हो।

यससँर्ग ज्याभी एलोन्सोको टिम लेभरकुजनले लिग तालिकाको शीर्ष स्थानमा ११ अंकको अग्रता खोलेको छ र कुनै नाटकीय खराब प्रदर्शनको शृंखला बाहेक उपाधि जित्ने निश्चित देखिएको छ।

बार्यन यो सिजन सबै खाले प्रतियोगितामा अपराजित छ।

दस खेलाडीमा सीमित मेन्जविरुद्ध रोबर्ट एनडरिचले ६८ औं मिनेटमा निर्णायक गोल गरे। यस जितसँगै लेभरकुजनको २३ खेलबाट ६१ अंक भएको छ । बार्यन म्युनिक भने २२ खेलबाट ५० अंकमा दोस्रोमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]