नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य

5 Mar, 2024

काठमाडौं, फागुन २२ः नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ । त्रिकोणात्मक टि२०आई सिरिजअन्तर्गतको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १८४ रन जोडेको थियो ।

नेपालका लागि आसिफ शेखले ३७ बलमा सर्वाधिक ४७ रनको योगदान दिए । यस्तै, २५ बलमा ३ छक्का प्रहार गरेका गुलशन झाले ३४ रन बनाए ।

यस्तै, कुशल मल्लले ११ बलमा २६ रन बनाउँदा कप्तान रोहित पौडेलले १९ बलमा २५ रन जोडे । करण केसीले ४ बलमा ९ रन बनाए भने नटआउट रही समान ५ बल खेलेका सोमपाल कामी र प्रतिस जिसीले समान ६ रनको योगदान गरे ।

नेदरल्यान्ड्सका लागि फ्रेड क्लासेन, भान डेर मर्वे, माइकल लेविट र सिब्रान्ड एन्गलब्रेक्टले समान २–२ विकेट लिए ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]