कुशल मल्लले एकै ओभरमा दुई विकेट लिँदै नेपाललाई खेलमा फर्काए

5 Mar, 2024

काठमाडौं, फागुन २२ः कुशल मल्ले नेदरल्यान्ड्सका दुवैजना ओपनरलाई एकै ओभरमा पभेलियनको बाटो देखाउँदै फाइनलमा नेपालको आशा जीवितै राखेका छन् ।

कुशलले पहिलो विकेटका रुपमा म्याक्स ओडाउडलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराएका थिए । म्याक्सले २३ बलमा २२ रन बनाएका थिए ।

यसैगरी उनले दोस्रो विकेटका रुपमा आक्रामक इनिङ खेल्दै अर्धशतक प्रहार गरिसकेका माइकल लेभिटलाई आउट गरे । कप्तान रोहित पौडेलबाट क्याचआउट हुनुअघि लेविटले ३ छक्का र ६ चौका प्रहार गर्दै २९ बलमा ५४ रन बनाएका थिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन जोडेको थियो । १८५ रनको लक्ष्य लिएर जवाफि ब्याटिङमा आएको नेदरल्यान्ड्सले यो समाचार तयार पार्दासम्म ११ ओभरमा २ विकेट गुमाएर १०६ रन जोडेको छ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]