आर्मी झापा गोल्डकपको सेमिफाइनलमा, मछिन्द्र पराजित

6 Mar, 2024

डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब झापामा जारी छैटौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । डोमलाल रंगशालामा बुधबार भएको खेलमा मछिन्द्र कलबलाई मछिन्द्र क्लबलाई २–१ ले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो।

आर्मीको जितमा नवयुग श्रेष्ठ र वसन्त जिम्बाले गोल गरेका थिए भने मछिन्द्रका स्टेफल विनाङले गोल गरेका थिए।

खेलमा अग्रता भने मछिन्द्रले ११औं मिनेटमै थियो। उसका स्टेफन बिनोङले हिसुब थपलियाको पासमा गोल गरेका थिए। पहिलो हाफ १–०मै सकियो।

६१औं मिनेटमा आर्मीले बराबरी गोल फर्कायो। आर्मीका लागि स्टार स्ट्राइकर नवयुग श्रेष्ठले गोल गरेका थिए। ८१औ मिनेटमा वसन्त जिम्बाले डिबक्समा तीन विपक्षी खेलाडी छाउँदै गोल गरेपछि खेलमा आर्मी विजयी भयो।

खेलपछि आर्मीका प्रशिक्षक मेघराज केसीले जसरी पनि जित्ने रणनीतिका साथ मैदानमा उत्रिएर सफल भएको बताए। उनले पछिल्लो चरणमा आर्मीले नयाँ र पुराना खेलाडीलाई मिश्रण गरेर खेलाउने गरेको भन्दै उनले तालमेल मिल्दा जित सम्भव भएको बताए।
यता, मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि मिडफिल्ड र डिफेन्डरको सानो गल्तीका कारण खेल गुमाउनु परेको बताए।

प्रतियोगिता अन्तर्गत बिहीबार आयोजक झापा ११ ले एन्फा मकवानपुरसँग खेल्ने छ। प्रतियोगिताको विजेताले१३ लाख र उपविजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]