आर्मीलाई हराउँदै एपिएफ झापा गोल्डकपको फाइनलमा

8 Mar, 2024

विभागीय टिम एपिएफ क्लब विर्तामोडमा जारी झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

शुक्रबार डोमालाल राजवंशी मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई १–०ले हराउँदै एपिएफ फाइनलमा पुगेको हो।

प्रतिर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ७०औं मिनेटमा एपिएफले खेलमा अग्रता लियो। एपिएफका फोडे फोफोनाको प्रहार रोक्ने क्रममा आर्मी कमल श्रेष्ठले आफ्नै पोस्टमा गोल गरेका थिए।

अब एपिएफले उपाधिका लागि सोमबार आयोजक झापा ११ र चर्च बोइज युनाइटेडबीचको विजेतासँग खेल्ने छ। दोस्रो सेमिफइनल भोलि हुनेछ।

प्रतियोगिताको विजेताले १३ लाख र उपविजेताले ७ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]