महिला फुटबल प्रीति र सविता सम्मानित

10 Mar, 2024

राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डरद्वय सविता राना मगर र प्रिती राई सम्मानित भएका छन्। राष्ट्रिय टिमका महत्वपूर्ण सदस्यद्वयलाई आशिका फाउन्डेसनले शनिबार नगदसहित सम्मान गरेको हो।

गता साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपमा नेपाललाई फाइनल पु¥याउन प्रीति र सविताले उत्कृष्ट प्रदर्शन गरेका थिए। सोहीको योगदानको कदर गर्दै फाउन्डेसनले प्रीति र सवितालाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो।‌

समूह चरण, सेमिफाइनल र फाइनलमा पहिलो रोजाईमा खेलेकी प्रितीले १ गोल गरेकी थिइन्। जोर्डनविरुद्धको फाइनलमा पहिलो रोजाईमा परेकी सविताले टोलीका लागि पहिलो गोल गरेकी थिइन्।

फाइलनमा नेपाल पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]