एट्लेटिको म्याड्रिड र बोरुसिया डर्टमुन्ड बुधबार युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेका छन्।
एट्लेटिकोले म्याड्रिडमा भएको खेलमा इन्टर मिलानलाई टाइब्रेकरमा ३–२ ले हरायो। अन्तिम १६ को दोस्रो लेगको खेलमा एटलेटिको २–१ ले विजयी रह्यो । त्यससँगै टाइ २–२ को बराबरीमा टुंगेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।
त्यसमा एट्लेटिकोका गोलरक्षक जान ओबलकले इन्टरका लागि एलेक्स सान्चेज र डेभ क्लासेनको प्रहार जोगाए। त्यसपछि लउतारो मार्टिनेज पनि गोल गर्न चुके।
डर्टमुन्डले भने दोस्रो लेगको खेलमा पीएसभी आयनहोभनलाई २–० ले हरायो र समग्रमा ३–१ को अग्रता लिन सफल रह्यो । त्यसमा जाडोन सान्चो र मार्को रेउसले गोल गरे।
यससँगै यसपल्टको प्रतियोगिताको अन्तिम आठमा पुग्ने सबै टिमको टुंगो लागेको छ। त्यसमा इंग्ल्यान्डका आर्सनल र म्यानचेस्टर सिटी, स्पेनका एट्लेटिकोसँगै रियल म्याड्रिड र बार्सिलोना, जर्मनीका डर्टमुन्डसँगै बायर्न म्युनिक तथा फ्रान्सको पिएसजी छन्।