युरोपा लिगको क्वाटरफाइनलमा लिभरपुलको प्रतिद्वन्द्वी एट्लान्टा, लेभरकुसन र वेस्टहम भीड्ने

15 Mar, 2024

युरोपा लिगको क्वाटरफाइनल ड्र शुक्रबार निकालिएको छ। जसमा उपाधिको बलियो दाबेदार रहेको लिभरपुलले इटालीको एटलान्टाको सामना गर्ने भएको छ । लिभरपुल यो सिजन चार उपाधि जित्ने सम्भावनाको बाटोमा छ।

लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पनि छ भने एटलान्टा इटालीको सिरी ए को छैटौं स्थानमा छ। यस्तै एसी मिलानले अर्काे इटालीयन क्लब एएस रोमाकाे सामाना गर्दा जर्मन बायर लेभरकुजनले वेस्टह्याम तथा बेनफिकाले मार्सेलीविरुद्ध खेल्नेछ।

क्वाटरफाइनलमा विजयी रहे लिभरपुलले बेनफिका र मार्सेबीच हुने खेलको विजेताको सामना गर्नेछ ।

अर्को सेमिफाइनलमा मिलान र रोमा तथा लेभरकुजन र वेस्ट ह्यामबीचको खेल विजेता भिड्ने छन् ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]