सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

कर्पोरेट सुपर सिक्सेस क्रिकेट हुँदै

एसएस एभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ हुने भएको छ। प्रतियोगिता वैशाख अन्तिम सातादेखि हुने आयोजकले जनाएको छ।

आयोजका अनुनसार प्रतियोगिता वैशाख २३ देखि २८ सम्म हुनेछ। तीन वर्षपछि हुन लागेको कर्पोरेट सुपर सिक्सेसमा कुल २४ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

पाँच ओभरमा खेलाइने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ। प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान)को प्राविधिक सहयोग रहने छ।

नाफा कमाउनेभन्दा पनि नेपाली क्रिकेट विकास गर्ने र कर्पोरेट सेक्टरलाई क्रिकेटमा भित्र्याउने उद्देश्यअनुरूप प्रतियोगिता गर्दै आएको एसएस इभेन्ट्सका निर्देशक सुमित रौनियारले बताए।

अब छिट्टै उमेरसमूहको प्रतियोगिता आयोजना गर्दै नेपाली क्रिकेट विकासमा सहयोग गर्ने उनको योजना छ।

पत्रकार सम्मेलनमा एसएस इभेन्ट्सका निर्देशक रौनियार र नेकोसका सचिव विप्लव घोषबीच सम्झौतापत्र हस्ताक्षर भएको थियो। छैटौं संस्करण सन् २०२० मा नै आयोजना भए पनि कोरोना महामारी र आर्थिक संकटका कारण सातौं सिजन भने लामो समयपछि हुन लागेको हो।

1.3Kशेयर