सिटी र आर्सनलले खेले बराबरी, उपाधि होडमा लिभरपुललाई फाइदा

1 Apr, 2024

उपाधि होडमा रहेका डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी र आर्सनलले अकं बाँडेका छन्। आइतबार राति सिटीको मैदान इत्तिहादमा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन्।

उपाधि दाबेदार २ टिमले बराबरी खेलेपछि यसको प्रत्यक्ष फाइदा उपाधि होडमा रहेको लिभरपुललाई भएको छ। यो बराबरीपछि ९ खेल बाँकी छँदा लिभरपुलले शीर्ष स्थानमा २ अंकका अग्रता बनाएको छ।

तालिकामा लिभरपुलको ६७ अंक छ भने आर्सनलको ६५ र सिटी ६४ अंकसहित तेस्रो स्थानमा छ।

यो सिटीको लागतार दोस्रो बरारबी हो। यसअघि सिटीले लिभरपुलसँग १–१ गोलको बराबरी खेलेको थियो। दाबेदार टिमसँग अंक बाँड्नु परेपछि सिटीको लगातार चौथो पटक उपाधि जित्नै कीर्तिमान बनाउने अभियानमा केही धक्का लागेको छ।

घरेलु मैदानमा सिटीले आर्सनलमाथि पूर्ण रुपमा दबाब बनाए पनि गोल गर्न सकेन। सिटी ५७ खेलपछि घरमा गोल गर्न असफल भएको हो।

उसले ७३ प्रतिशत बल पोजेसन बनाउँदै १२ सट प्रहार गर्दा १ सट मात्र फ्रेममा थियो। यता, आर्सननले प्रहार गरेका ३ मध्ये २ सट फ्रेममा राखेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]