रोड्रिगो चम्किँदा रियल विजयी

1 Apr, 2024

ब्राजिलिय स्ट्राइकर रोड्रिगोको दुई गोल गरेपछि ला लिगमा रियल मड्रिड विजयी भएको छ। आइतबार राति भएको खेलमा रियलले एथ्लेटिक विल्वाओलाई २–० ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा रोड्रिगोले दुवै हाफमा एक–एक गोल गरे। उनले आठौं मिनेटमा ब्राहिम डियाजको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।

७३औं मिनेटमा जुड बेलिङघहमको पासमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे। त्यसपछि खेलमा थप गोल भएन।

जितपछि रियलले ३० खेलबाट ७५ अंक जोडेको छ र दोस्रो स्थानको बार्सिलोनामाथि पुन ८ अंकको अग्रता बनाएको छ । समान खेलबाट बार्सिलोनाको ६७ अंक छ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]