सन्दीपको मुद्दामा झगडीया झिकाउन आदेश

5 Apr, 2024

उच्च अदालत पाटनले जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले दिएको पुनरावेदनमा झगडिया झिकाउन आदेश दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले शुक्रबार उक्त आदेश दिएको हो।

सन्दीपको मुद्दामा दुवै पक्ष अदालतमा उपस्थित भएपछि सुनुवाई अघि बढ्नेछ।

बलात्कार मुद्दामा जिल्ला अदालतले लामिछानेलाई दोषी ठहर गरेको थियो। उक्त आदेशविरुद्ध लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]