सन्दीपको मुद्दामा वैशाख ३ गतेदेखि पूर्ण सुनुवाइ हुने

5 Apr, 2024

क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा वैशाख ३ गतेदेखि पूर्ण सुनुवाइका लागि उच्च अदालत पाटनले पेशी तय गरेको छ।

सन्दीपका कानुनव्यवसायी सरोजकृष्ण घिमिरेले जनाए अनुसार दुवै पक्षको पुनरावेदनमा एकैसाथ सुनवाई गर्ने गरी अदालतले आदेशमै पेशी तोकेको हो।

वैशाख ३ गतेदेखि पूर्ण सुनुवाइ हुने गरी पेशी तय भएको हो । त्यस दिन सुनुवाईका लागि उच्च अदालतले झगडिया झिकाउन आदेश दिएको छ। जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्चमा पुनरावेदन दिएका थिए।

उच्च अदालत पाटनका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले शुक्रबार उक्त आदेश दिएको हो। सन्दीपको मुद्दामा दुवै पक्ष अदालतमा उपस्थित भएपछि मुद्दामा सुनुवाईअघि बढ्ने छ।

बलात्कार मुद्दामा जिल्ला अदालतले लामिछानेलाई दोषी ठहर गरेको थियो । उक्त आदेशविरुद्ध लामिछाने उच्च अदालत गएका हुन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]