‘सी’ डिभिजन लिगमा आरसी–३२ को दोस्रो जित

10 Apr, 2024

आरसी–३२ ले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा बुधबार प्रभावशाली जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा उसले वाग्मतीलाई सजिलै ३–० ले हरायो ।

आरसीको यो लगातार दोस्रो जित हो र टिम दुई खेलबाट ६ अंकसहित प्रारम्भिक लिग तालिकाको शीर्षमा रह्यो । आफ्नो पहिलो खेल जितेको वाग्मतीको भने यो पहिलो हार हो र टिम तीन अंकमै सीमित रह्यो ।

आरसीका लागि विवेक सन्तोषीले दुई गोल गरे भने एक गोल बबिन बोहराको नाममा रह्यो । बबिनले १० औं मिनेटमा पहिलो गोल गरेपछि विवेकले २९ र ६८ औं मिनेटमा गोल थपे ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]