एसिसी प्रिमियर कपमा नेपाल र हङकङसँग खेल्दै

15 Apr, 2024

एसिसी प्रिमियर कपमा आज नेपालले तेस्रो खेल हङकङसँग खेल्ने भएको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा खेल बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ।

आज नेपालले हङकङविरुद्ध जित निकाले नेपालले सेमिफाइनलको यात्रा तय गर्नेछ। समूह ‘ए’ मा रहेको नेपाल चार अङ्कका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ। यो समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतार छन्।

नेपालले पहिलो खेलमा मलेसियासँग पाँच विकेटले र दोस्रो खेलमा कतारसँग ३२ रनको जित निकाल्दै दुवै खेलमा विजयी भएको थियो। हङकङ पहिलो खेलमा कतारसँग २६ रनले विजयी भएको थियो।

यस्तै दोस्रो खेलमा भने साउदी अरबसँग ५५ रनले पराजित भएको थियो। समूह ‘ए’ मा हङकङ दुई अङ्कका साथ चौथो स्थानमा रहेको हङकङ पनि आज नेपाल विरुद्ध जितको खोजीमा हुनेछ ।

यस्तै, हङकङविरुद्ध जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यका साथ नेपाली टोली मैदान प्रवेश गर्नेछन्।

नेपाल र हङकङबीच हालसम्भ भएका ९ वटा टी–२० आई खेलमा दुबै टोलीले ४/४ खेलमा जित निकालेका छन् । एउटा खेल भने वर्षाको कारण रद्द भएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]