एसिसी प्रिमियर लिग अन्तर्गत नेपालले आज तेस्रो खेलमा हङकङको सामाना गर्दैछ। तर, नेपाल र हङकङबीचको खेल हुने अल अमेरातमा वर्षा भएपछि अहिलेसम्म टस पनि हुन सकेको छैन।
भारी वर्षपछि मैदान भिजेका कारण टस हुन नसकेको हो। खेल ११ः४५ बजे हुने तय थियो।
प्रतियोगितमा नेपाल लागतार तेस्रो जित निकाल्दै सेमिफाइनलमा पुग्ने दाउमा छ। नेपालले यसअघि कतार र मलेसियालाई हराएको थियो।
यता, हङकङले पहिलो खेलमा कतारलाई हराएको थियो भने आइतबार भएको खेलाम अप्रत्यासित रुपमा साउदी अरेबियासँग ५५ रनको फराकिलो अन्तरले पराजित भएको थियो।