नेपाली बलर चम्किए, हङकङले दियो ११५ रनको सामान्य लक्ष्य

15 Apr, 2024

ओमानमा जारी एसिसी प्रिमियर लिगको तेस्रो खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका छन्। अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङले नेपाललाई ११५ रनको सामान्य लक्ष्य दिएको छ।

नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले हङकङलाई १७.५ ओभरमा ११४ रनमै अलआउट गरेको छ। उसका लागि अंशुमन रथले सर्वाधिक ३४ रन बनाए। उनले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। त्यो हङकङको इनिङको एकमात्र छक्का हो।

यस्तै, जिशन अलीले १४, कप्तान निजकात खानले १२ र इशान खानले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका अविनाश बोहराले ४ ओाभरमा २९ रन खर्चेर ३ विकेट लिए । यस्तै, किफायति बलिङ गरेका ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन मात्र खर्चेर २ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले ५ बलमा ६ रन खर्चेर २ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]