साउदीले दियो नेपाललाई ७४ रनको लक्ष्य

17 Apr, 2024

ओमानमा जारी एसिसी प्रिमियर कपको समूहको अन्तिम खेलमा नेपालले जितका लागि ७४ रनको लक्ष्य पाएकोृ छ।

वर्षाले प्रभावित बनेपछि ८ ओभरमा झारिएको खेलमा पहिला ब्याटिङ गरेको साउदीले ७ विकेटको क्षतिमा ७३ रन बनायो।

उसका लागि अब्दुल वाहीदले १६ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ३७ रन बनाउँदा अन्यले दोाहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बलिङमा नेपालका करण केसी र अविनाश बोहराले समान २ विकेट लिए भने ललित राजवंशी र प्रतिश जिसीले समान १ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]