सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी युएई

18 Apr, 2024

नेपालले एसीसी प्रिमियर कप ट्वान्टी २० क्रिकेटको सेमिफाइनलमा यूएईसॅग खेल्ने भएको छ। समूह बीचको अन्तिम खेलमा युएईले कम्बोडिलाई ९ विकेटले हराएसँगै सेमिफाइनलमा नेपाल र युएईको भेट पक्का भएको हो।

ओमानमा भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनल घरेलु टोली ओमान र हङकङबीच हुनेछ । दुबै सेमिफाइनल खेल शुक्रबार हुनेछ।

समूहचरणको अन्तिम खेलमा बुधबार यी सबै टोलीले विजय हात पारेका थिए । नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गर्‍यो । पहिलो तीन खेल जितेको नेपाल यस खेल अगाडि नै समूह ‘ए’ को विजेता भएर सेमिफाइनलमा पुगिसकेको थियो।

साउदी अरेबियाको जितले नेपालले शतप्रतिसत विजयलाई कायम राखेको हो। नेपालले पहिलो तीन खेलमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको थियो ।

हङकङ समूह ‘ए’ को उपविजेता टोलीको हैसियतमा सेमिफाइनलमा प्रवेश गरेको छ। हङकङले बुधबार भएको अर्को खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्‍यो । हङकङ र कतारको समान ४ अंक भए पनि हङकङ राम्रो रन रेटका कारण सेमिफाइनलमा पुगेको हो।

समूह ‘बी’ मा ओमानले पनि सबै चार खेल जित्यो । ओमानले बुधबार कुवेतलाई ४६ रनले पराजित गर्‍यो। यसै समूहको अर्को खेलमा यूएईले कम्बोडियालाई ९ विकेटले पराजित गर्यो। ओमान समूह विजेता र यूएई समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]