सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

फाइनल पुग्ने युएईसँग भीड्दै नेपाल

एसीसी प्रिमियर कपको सेमिफाइनल आज हुँदैछ। आज हुने पहिलो सेमिफाइनलमा आज नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईको सामाना गर्ने छ।

खेल ओमानको अल अमेरात क्रिकेट मैदानको ओभल १ मा ११ः४५ बजे सुरु हुनेछ।

नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा भिड्न लागेका हुन्।

नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेवियालाई ६ विकेटले हराएको थियो । युएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हराएको थियो भने ओमानसँग युएई ९ विकेटले पराजित भएको थियो।

नेपाल २०२२ फेब्रुअरीमा यही मैदानमा आईसीसी टी–२० विश्वकप छनोट ए को सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित हुँदै बाहिरिएको थियो । नेपाललाई त्यस हारको समेत बदला लिने अवसर समेत छ।

युएईका ब्याटरको स्पिनरविरुद्ध त्यति राम्रो इतिहास छैन। त्यसैले दीपेन्द्र र ललितको स्पेल निर्णायक बन्न सक्छ।

नेपाल र युएईबीच ९ टी–२० आई खेल भएका छन् । नेपाल ५ मा जित र ४ मा पराजित भएको छ।

1.3Kशेयर