युएईविरुद्ध नेपालले टस हार्‍यो, पहिला ब्याटिङ गर्ने

19 Apr, 2024

नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज युएईसँग खेल्दै छ।

ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा केहीबेरपछि सुरु हुने खेलमा नेपालविरुद्ध युएईले टस जितेको छ। युएईले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।

साउदीविरुद्ध खेलेको टिममा नेपालले एक परिवर्तन गरेको छ। मुख्य प्रशिक्षक मोन्टी देसाईले प्रतिश जिसीको स्थानमा सोमपाल कामीलाई टिममा राखेका छन्।

नेपाल समूह एमा लागतार ४ जित निकाल्दै समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको भने युएई ४ मध्ये ३ खेल जित्दै उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो।

नेपाल र युएईबीच ९ टी–२० आई खेल भएका छन् । नेपाल ५ मा जित र ४ मा पराजित भएको छ।

प्लेइङ ११ : रोहित पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]