ओमानमा जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईविरुद्ध पहिलो सफलता हात परेको छ।
१२० रनको सामान्य लक्ष्य पछ्याएको युएईविरुद्ध नेपाललाई सफालता दिलाउने क्रममा सोमपाल कार्मीले युएईका कप्तान मोहम्मद वासिमलाई क्लिन बोल्ड गरे। सोमपालले दोस्रो ओभरको तेस्रो बलमा ११ रन बनाका वासिमलाई बोल्ड गरेका हुन्।
खराब ब्याटिङ गरेको छ। अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा युएईविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा ११९ रन मात्र बनाउन सक्यो।
नेपालका लागि तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके। सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्का मद्दतमा सार्वधिक ५० रन बनाए। यस्तै, गुल्सन झाले १६ बलमा समान १ चौका र छक्का मद्दतमा २० र करण केसीले १२ बलमा २ छक्का प्रहार गर्दै १७ रन बनाए।
नेपालको इनिङ धरासायी बनाउने क्रममा युएईका जुनैद सिद्दिकी, अलि नासर र बासिल हमिदले समान २ विकेट लिए।