महिला राष्ट्रिय लिग छनोटमा कोशी र सुदूरपश्चिम विजयी

20 Apr, 2024

कर्णाली प्रदेशको सुर्खेतमा शुक्रबारदेखि सुरु भएको एन्फा महिला लिग छनोटमा कोशी र सुदूरपश्चिम प्रदेशले विजयी भएका छन्।

कर्णाली रंगशालामा भएको उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५–१ ले हरायो। सुदूरपश्चिमका लागि मिना देउवाले दुई तथा बिर्सना चौधरी, रिना चन्द र गंगा चौधरीले एक एक गोल गरिन्। गण्डकीका लागि सुस्मिता गुरुङले एक गोल फर्काइन्।

यस्तै दोस्रो खेलमा कोशी प्रदेशले घरेलु टोली कर्णाली प्रदेशलाई ३–० ले हरायो। उसका जेनिफर राना, पूर्णिमा राना र झुमा विश्वकर्माले गोल गरे।

महिला लिग छनोटमा सात प्रदेशको सहभागिता छ। सिंगल राउण्ड रोविन लिगको खेलपछि शीर्ष तीनमा रहने टोली महिला राष्ट्रिय लिगमा छनोट हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]