बलरहरु चम्किँदा न्युजिल्यान्डमाथि पाकिस्तानको सानदार जित

21 Apr, 2024

बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि पाकिस्तानले टि–२० सिरिजको दोस्रो खेलमा सानदार जित निकालेको छ। रावलपिन्डीमा शनिबार राति भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डमाथि ७ विकेटको सानदार जित निकाल्यो।

न्युजिल्यान्डले दिएको ९१ रनको झिनो लक्ष्य पाकिस्तानले १२.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। उसका लागि मोहम्मद रिजवानले ३४ बलमा ४५ रन बनउाँदा इरफान खानले १८ र कप्तान बाबर अजामले १४ रन बनाए।

बलिङ न्युजिल्यान्डका बेन लिस्टर, मिचेल ब्रेसवेल र इस शोधीले सामान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको न्युजिल्यान्ड पाकिस्तानको घातक बलिङसामू १८.१ ओभरमा ९० रनमै अलआउट भयो। उसका लागि मार्क च्याम्पम्यानले सर्वाधिक १९ रन बनाउँदा कोल म्याक्कोछिले १५, टिम रोविन्सनले १३ र टिम सेफर्टले १२ रन बनाए।

बलिङमा पाकिस्तानका साहिनसाह अफ्रिदीले ३ तथा मोहम्मद आमिर, अब्रार अहमद र शादब खानले समान २ विकेट लिए।

सिरिजको तेस्रो खेल आज रावलपिन्डीमै हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]