सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

एसिसी प्रिमियर कपको फाइनलमा युएईका कप्तान मुहमद वासिमले बनाए शतक, ओमानलाई २०५ रनको लक्ष्य

एसिसी प्रिमियर कपको फाइलनमा युएईका कप्तान मुहम्म्द वासिसमले शतक प्रहार गरेका छन्। अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा वासिमले ५६ बलमा ६ चौका र ७ छक्का प्रहार गर्दै नटआउछ एक सय रन बनाए।

वासिमको शतक मद्दतमा युएईले घरेलु टोलीलाई जितका लागि २०५ रनको विशाल लक्ष्य दिएको छ। पहिला ब्याटिङ गरेको उसले ४ विकेको क्षतिमा २०४ रन बनायो।

उसका लागि अर्का ओपनर अलिशान शराफुले २८ बलमा ३४ रन र विष्णु सुकुमरनले १८ रन जोडे भने आसिफ खानले नटआउट ३८ रन जोडे।

बलिङमा ओमानका बिलाल खानले २ विकेट लिए।

1.3Kशेयर