एल क्लासिकोमा बार्सिलोनामाथि रियलको जित, ला लिगा उपाधि नजिक रियल

22 Apr, 2024

एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ। ला लिगाको यो सिजको दोस्रो एल क्लासिकोमा आइतबार राति रियलले आफ्नै मैदानमा बार्सिलोनामाथि ३–२को जित निकाल्यो।

सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले २ पटक पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो। रियलको जितमा भिनिसियस जुनियर, लुकास भास्क्वेस र जुड बेलिङघमले गोल गर। भने बार्सिलोनाका आन्द्र क्रिस्टिन्सन र फेर्मिन लोपेजले गोल गरे।

खेलका अग्रता बार्सिलोना लियो। छैटौं मिनेटमा राफिन्हाको कर्नरमा क्रिस्टिन्सनले हेडिङमार्फत गोल गरे। तर, १८औं मिनेटमा रियलले खेललाई बराबरीमा ल्यायो। बार्सिलोनाका डिफेन्डर पाउ कुबासीले भास्क्वेसलाई लडाएपछि प्राप्त पेनाल्टीमा भिनिसियसले गोल गरेका थिए।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ६९औं मिनेटमा फेरि बार्सिालेना अग्रता लियो। उसमन लोपेजले गोल गरेका थिए। उनले आफैंले प्रहार गरेको बल रियलका किपरले रोकेपछि आएको बलमा गोल गरेका थिए।

७३औं मिनेटमा भाज्क्वेसले गोल गर्दै रियललाई बराबरीमा ल्याए। उनले भिनिसियसको क्रसमा गोल गरेका थिए। खेल बराबरीतर्फ उन्मूख भएको अवस्थामा इन्ज्युरी समयको दोस्रो मिनेटमा बेलिङ्घमले गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए। उनले भास्क्वेसकै क्रसमा गोल गरे।

जितसँगै रियल ला लिगा उपाधि नजिक पुगेको छ। लिगमा ६ खेल मात्र बाँकी छँदा रियलले बार्सिलोना माथि शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ। रियलको ८१ र बार्सिलोनाको ७० अंक छ।