बार्सिलाेना जान चाहन्छन् लुइस डियास

22 Apr, 2024

कोलम्बियन विंगर लुइस डियासले यो सिजनको अन्त्यसँगै इंग्लिस क्लब लिभरपुल छाड्न चाहेका छन्।

सन् २०२२ मा पोर्चुगिज क्लब एफसी पोर्टोबाट लिभरपुल आएका डियासले सिजनको अन्त्यमा क्लब छाड्ने निर्णय गरिसकेका छन्।

२७ वर्षीय डियास स्पेनिस क्लब बार्सिलोना जान चाहेका छन्। बार्सिलोना पनि उनलाई उसमान डेम्बेलेको रिप्लेसमेन्टका रुपमा क्लब भित्र्याउन चाहन्छ।

बार्सिलोना डियासका लागि ७५ मिलियन पाउण्ड खर्चन तयार रहेको बताइएको छ। डियासका लागि पिएसजीले पनि चासो देखाएको छ।

सुरुआती दुई सिजन चोटले धेरै खेल्ने अवसर नपाएका डियासले लिभरपुलबाट ९४ खेल खेल्दै २४ गोल गरेका छन्। यो सिजन उनले ४६ खेलमा १३ गोल गरेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]