वेस्टइन्डिजको टिम नेपाल आइपुग्यो

24 Apr, 2024

टी–२० सिरिज खेल्न वेष्टइण्डिज ‘ए’ टिम पहिलो पटक नेपाल आइपुगेको छ। नेपालसँग ५ खेलको टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली बुधवार बिहान नेपाल आइपुगेको हो।

रोस्टन चेसको कप्तानीमा १५ सदस्यीय बलियो र अनुभवी टिम नेपाल आएको हो। उनले वेस्टइन्डिजका लागि ४९ टेस्ट, ४५ एकदिवसी र ११ टि–२० आई खलेका छन्।

यस्तै, टिममा आन्द्रे फ्लेचर, जोन्सन चार्ल्स, फाबियन ऐलेन, किमो पल, हैडेन वाल्स, ओबेड म्याकोएजस्ता अनुभवी खेलाडी छन्। फ्लेचर र चार्ल्स वेस्टइन्डिजको विश्वकप विजेता टिमका सदस्य पनि हुन्। वेस्टइन्डिजको टिममा सिनियर टिमबाट नखेलेका ४ खेलाडीमात्र छन्।

नेपाल भ्रमणका क्रममा वेस्टइन्डिज ए ले टियू मैदानमा ५ खेलको टि–२० सिरिज खेल्ने छ। सिरिजको पहिलो खेल वैशख १५ गते हुनेछ। वैशाख १६मा दोस्रो, वैशाख १९मा तेस्रो, वैशाख २०मा चौथो र वैशाख २२ मा अन्तिम खेल हुने तालिका छ।

आसन्न टि–२० विश्वकपको तयारीका लागि क्यानले वेस्टइन्डिज एसँगको सिरिज आयोजना गरेको हो।