नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी फ्यान इनगेजमेन्ट अफ दी इयरको एसियाली अवार्ड पाउने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले एसियाको ‘आईसीसी फ्यान इनगेजमेन्ट अफ दी इयर’ अवार्ड क्यानलाई दिने घोषणा गरेको हो।
एसोसिएट राष्ट्रमध्ये राम्रो फ्यान फलोइङ भएकाले आईसिसीले एसियाबाट नेपाललाई छानेको हो।
अफ्रिकामा नामिबिया, अमेरिकातर्फ बर्मुडा, युरोपमा नेदरल्यान्ड्स र इस्टएसिया प्यासिफिकमा इन्डोनेसियालाई यो अवार्ड दिने घोषणा आईसिसीले गरेको छ।
अब आईसिसीले यी ६ मध्ये १ टिमलाई ‘आईसीसी फ्यान इनगेजमेन्ट अफ दी इयर’ अवार्ड प्रदान गर्ने छ। यो अवार्ड नेपालले पाउने निश्चित जस्तै छ। क्रिकेटमा नेपाली फ्यानको क्रेज विश्वमै धेरै पटक चर्चामा आएको छ।
एसियामा आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दी इयर कतार क्रिकेट संघलाई, १०० प्रतिशत क्रिकेट फिमेल क्रिकेट इनिसियटिभ अफ दी इयर ओमान क्रिकेटलाई, आईसीसी एसोसियट मेम्बर मेन्स पर्फमेन्स अफ दी इयर ओमानलाई, आईसीसी एसोसियट मेम्बर ओमेन्स पर्फमेन्स अफ दी इयर युएईलाई घोषणा गरिएको छ।