वेस्टइन्डिज एविरुद्ध रोहितले बनाए अर्धशतक

27 Apr, 2024

नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले वेस्टइन्डिज एविरुद्ध अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित टियूमा जारी खेल रोहितले २७ बलमा अर्धशतक बनाए।

रोहितले २७ बलमा ६ चौका र २ छक्का प्रहार गरेका छन्। २०५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ताजा अवस्थामा ११ ओभरको समाप्तिमा ९६–३को अवस्थामा छ। क्रिजमा रोहितलाई दीपेन्द्रसिंह ऐरीले साथ दिइरहेका छन्।

यस्तै, कुशल भुर्तेलले १२ बलमा १६ र कशुल मल्लले १५ बलमा १६ रन बनाए।

बलिङमा म्याथ्यु फोर्ड र ओबेड मकोइले समान १ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]