सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

वेस्टइन्डिज एविरुद्ध लगातार दोस्रो जितको खोजीमा नेपाल

आसन्न टि–२० विश्वकपको तयारीमा रहेको नेपालले आज वेस्टइन्डिज एसँग खेल्दैछ।

५ खेलको टि–२० सिरिज खेल्न नेपाल आएको वेस्टइन्डि ए र नेपालबीचको खेल दिउँसो १२ः१५ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ।

पहिलो खेलमा २०५ रनको ठूलो लक्ष्य पछ्याउँदै जित निकालेकाले नेपाल सोही लयलाई आज पनि दोहो¥याउँदै दोस्रो जित निकाल्न चाहन्छ। तर, अनुभवी खेलाडी भरिएको वेस्टइन्डिजलाई हराउन त्यति सहज भने हुने छैन।

पहिलो खेलमा नेपालले २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो। कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए।

दोस्रो खेलमा पनि नेपालले जित निकाल्ने हो भने कोही एक ब्याट्सम्यानले पहिलो इनिङमा रोहितले खेलेजस्तै इनिङ खेल्नुपर्नेछ। नेपालले बिलङमा भने केही सुधार गर्नुपर्नेछ।

बलिङमा अभिनाश बोहराले लगातार योर्कर फाल्दै राम्रो प्रभाव छाडेका थिए। पहिलो खेलमा करण केसी र सोमपाल कामी दुवै थिएनन्। आज यी दुई मध्य एकलाई मौका दिनसक्छ।

विवेक यादव भने लगातार खराब प्रदर्शन गर्दै आएका छन्। पहिलो खेलमा ७ रनमा आउट भएका थिए। विवेकको स्थानमा आज लोकेश बमलाई मौका दिनसक्ने सम्भावना छ।

तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ।

1.3Kशेयर