पिएसिजीले जित्यो १२औं पटक फ्रेन्च लिग

29 Apr, 2024

यो सिजनको फ्रेन्च लिगकाृ उपाधि पिएसजीले जितेको छ। आइतबार राति भएको् खेलमा लिगको दोस्रो स्थानमा रहेको मोनाको लियोनसँग ३–२ले पराजित भएपछि पिएसजीले तीन खेल बाँकी छँदै उपाधि जितेको हो।

यो पिएसजीको समग्रमा १२औं र लागतार तेस्रो लिग उपाधि हो। पिएसजीले पछिल्ला ११ वर्षमा १० लिग उपाधि जितेको छ।

शीर्ष स्थानमा रहेको पिएसजीले तीन खेल बाँकी हुँदा १२ अंकको अग्रता बनाएको छ। पिएसजीको ७० र मोनाकोको ५८ अंक छ।

पिएसजीले शनिबार नै लिग उपाधि जित्ने थियो। तर, ऊ हार्भेसँग ३–३को बराबरीमा रोकिएपछि त्यो अवसरबाट बञ्चित भएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]