इन्डियन प्रियिमर लिग (आईपिएल) कोलकाता नाइटराइडर्सले सानदार जित निकालेको छ। सोमबार राति इडेन गार्डेनमा भएको खेलमा कोलकाता दिल्ली क्यापिटल्सलाई ७ विकेटले हरायो।
पहिला ब्याटिङ गर्दै दिल्लीले दिएको १५४ रनको मध्यम लक्ष्य कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। उसका लागि फिल सल्टले सर्वाधिक ६८ रन बनाए। ३३ बल खेलेका उनले बिस्फोटक ब्याटिङ गर्दै ७ चौका र ५ छक्का प्रहार गरे।
यस्तै, कप्तान श्रेयस ऐयर ३३ र वेंकटेश ऐयरले नट आउट २६ रन जोडे। श्रेयसले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे भने वेंकटेशले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे।
बलिङमा दिल्लीका अक्षर पटेलले २ र लिजाड विलियम्सले १ विकेट लिए।
टस जितेर पहिला ब्याटिङ गरेका दिल्लीले ९ विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो । २६१ रन चेज भएको यो ग्राउन्डमा पहिला ब्याटिङ गर्ने दिल्लीको निर्णय आफैंलाई घातक बन्यो।
उसका माथिल्लो, मध्यक्रमका ब्याट्सम्यान चल्न सकेन्। उसका लागि तल्लो क्रमा ब्याटिङ गरेका कुलदीप यादवले सर्वाधिक ३५ रन बनाए। उनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
यस्तै, कप्तान रिशभ पन्तले २० बलमा २ चौक र १ छक्का प्रहार गरी २७ रन बनाउँदा अभिषेश पोलेले १८ र अक्षर पटेलले १५ रनको बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।
दिल्लीको इनिङ धरासायी बनाउने क्रममा कोलकाताका वरूण चक्रवर्थीले ३ विकेट लिए। उनले ४ ओभरमा १६ रन मात्र खर्र्चिए। यस्तै, वैभव अरोरा र हर्षित रानाले समान २ विकेट लिए।
यो जितसँगै कोलकाता ९ खेलमा १२ अंक जोड्दै दोस्रो स्थानमा छ भने दिल्ली ११ खेलमा १० अंकसहि छैटौं स्थानमा छ।