लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको सहज जित

30 Apr, 2024

रोवर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगमा बार्सिलोनाले सहज जित निकालेको छ। सोमबार राति क्याम्प नेउमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ४–२को सहज जित निकाल्यो।

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिकसँगै फेर्मिन लोपेजले पनि गोल गरे। भ्यालेन्सियाका ह्युगो डुरो र पेपेलुले गोल गरे।

२२औं मिनेटमा लोपेजको गोलमा बार्सिलोनाले अग्रता लियो। २७औं मिनेटमा डुरोले गोलगर्दै भ्यालेन्सियालाई खेलमा फर्काए। ३७औं मिनेटमा पेपेलुले गोल गरेपछि पहिलो हाफमा भ्यालेन्सियाले २–१को अग्रता लियो।

तर, पहिलो हाफकै इन्जुरी समयमा मामार्दाश्भिलीले रातो कार्ड पाएपछि भ्यालेन्सिया १० खेलाडीमा समेटियो। त्यसको फाइदा बार्सिलोनालाई भयो।

बार्सिलोनाका लागि लेवान्डोस्कीले ४९औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे भने ८२औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३–२ को अग्रता दिलाए । त्यसपछि उनले दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

जितपछि बार्सिलोना ३३ खेलबाट ७३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको रियल मड्रिडको समान खेलबाट ८४ अंक छ र लिगको उपाधि नजिक छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]