ब्राजिलियन डिफेन्डर सिल्भाले चेल्सी छाड्ने

30 Apr, 2024

ब्राजिलियन भेट्रान डिफेन्डिर थिएगो सिल्भाले लन्डन क्लब चेल्सी छाड्ने भएका छन्। ३९ वर्षीय सिल्भाले शनिबार भएको एस्नट भिल्लासँगको खेलपछि सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका हुन्।

सिल्भा सन् २०२०मा फ्रेन्च क्लब पिएसजीबाट फ्रि टान्सरमा चेल्सी आएका थिए। त्यसयता चेल्सीका लागि १५१ खेल खेल्दै उनले ९ गोल गरेका छन्।

चेल्सीबाट सिल्भाले च्याम्पियन्स लिग, सुपर कप, एफए कप र इएफएल कप जितेका छन्। चेल्सीले पनि सिल्भाले क्लब छाड्ने पुष्टी गरेको छ।

आफूले चेल्सी १ सिजन मात्र बस्ने सोचका साथ आएको बताउँदै उनले यहाँ ४ सिजन बिताउन पाउँदा एकदमै खुसी भएको बताएका छन्। सिल्भाले आफ्नो छोराले पनि यही फुटबल खेलिरहेका बताउँदै उसले यही करिहरलाई अघि बढाएको हेर्ने चाहना रहेको बताएका छन्।

‘यो चार वर्षमा मैले यहाँ गर्नुपर्ने जतिसबै गरेँ, सबैकुराको अन्त्य र सुरुवात हुन्छ भने झैँ खेलाडीका रुपमा मेरो चेल्सीको करिअर अन्त्य भएको छ, दुःखी छु । तर, सबैथोकको अन्त्य भएको भने होइन।’

सिल्भाले फेरि चेल्सीमा फर्कने संकेत गरेका छन्। उनले भनेका छन्, ‘फेरि फर्कने ढोका खुलै छाडेर बाहिरिँदैछु, फेरि फर्कंदा भूमिका परिवर्तन हुन्छ।’

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]