वेस्टइन्डिजले टस जितेर ब्याटिङ रोज्यो, रोहितलाई रेस्ट, दीपेन्द्र कप्तानी गर्दै

1 May, 2024

५ खेलको टि–२० सिरिजको तेस्रो खेलमा वेस्टइन्डिज एले टस जितेको छ। टियू मैदानमा कप्तान रोस्टन जेसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्।

नेपालाविरुद्ध अघिका २ खेलमा पनि वेस्टइन्डिजले पहिला ब्याटिङ नै गरेको छ। सिरिज १–१को बराबरीमा छ।

नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले उत्कृष्ट फर्ममा रहेका कप्तान रोहित पौडेललाई रेस्ट दिएका छन्। रोहित पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाएका थिए।

रोहितको अनुपस्थितिमा नेपाली टिमको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन्।

रोहितसँगै नेपाली टिममा ४ परिवर्तन गरिएको छ। यस्तै कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्द रेस्ट दिइँदा करण केसी, विवेक यादव, विनोद भण्डारी र कमलसिंह ऐरी टिममा अटाएका छन्।

वेस्टइन्डिज एले फास्ट बलर ओसेन थोमसको स्थानमा अलराउन्डर फाबियन एलनलाई टिममा राखेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]