हालान्डको ४ गोलमा सिटी उपाधितर्फ अग्रसर

5 May, 2024

एर्लिङ हालान्डले ह्याट्रिकसहित ४ गोल गरेपछि प्रियिमर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ। शनिबार राति भएको खेलमा हालान्ड चम्किँदा सिटीले वुल्भ्समाथि ५–१को फराकिलो जित निकाल्यो।

यो जितसँगै लागतार चौथो प्रिमियर लिग उपाधितर्फ अग्रसर भएको छ। जितसँगै ३५ खेलमा ८२ अंक भएको सिटी दोस्रो स्थानमा छ। एक खेल बढी खेल्दै १ अंक बढी जोडेको आर्सनल ८३ अंकसहित शीर्ष स्थानमा छ। बाँकी ३ खेलका ७ अंक जोडे सिटी लागतार चौथोपटक च्याम्पियन बन्ने छ।

खेलको १२ औँ मिनेटमा हालान्डले पेनाल्टीमा गोल गगर्दै सिटीलाई अग्रता दिएका थिए। उनले ३५औं र पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गर्दै पहिलो हाफमा ह्याट्रिक पुरा गर्दै टिमलाई ३–० को अवस्थामा पुर्‍याएका थिए।

दोश्रो हाफमा थप २ गोल गरेपछि सिटीले विशाल जित निकालेको हो। दोश्रो हाफमा उल्भ्सका ह्वांग हिचानले गोल गर्दै खेलमा फर्कने प्रयास गरेका थिए।

तर ५४औं मिनेटमा हालान्डले व्यक्तिगत चौथो गोल गरे। ८५औं मिनेटमा जुलियन अल्भारेजले सिटीको पाँचौं गोल गरेपछि सिटिले शानदार जित दर्ता गर्न सफल बन्यो।

शनिबार नै भएको खेलमा आर्सनलले बर्नेमाउथलाई ३–०ले हराएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]