सन्दीपको मुद्दाको पेशी आज, पहिलो नम्बरमै पालो

5 May, 2024

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज सुनुवाई हुँदैछ।

उच्च अदालत पाटनमा सन्दीपको मुद्दा आज पेशीको पहिलो नम्बरमै परेको छ। पटक पटक सरेको सन्दीपको पुनरावेदन मुद्दामा आज भने सुनुवाई हुनेछ।

सन्दीपको मुद्दाको सुनुवाई मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलाशमा हुनेछ।

अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो। त्यसैबमोजिम मुद्दाले अग्राधिकार पाएको हो।

आज सुनुवाई भएर चाँडै मुद्दा किनारा लागे सन्दीपले विश्वकप खेल्ने सम्भावना छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]